पोखरा–मुग्लिन सडक अन्तर्गत 'डुम्रे–छिर्कन' कालोपत्रको चरणमा

तनहुँ | पुस ८, २०८०

पोखरा–मुग्लिन सडक अन्तर्गत 'डुम्रे–छिर्कन' कालोपत्रको चरणमा Filed Photo

पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक अन्तर्गत डुम्रे–छिर्कन ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेको छ ।

 

बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।

 

यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो। पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ। त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ।

 

उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ। एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले जानकारी दिए।

 

आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ।

 

पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो।
 

चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्